Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

क्रिप्टोकरेन्सीका वेबसाइट र एप नेपालमा बन्द गरिने

२०७९ पुष २५ गते

बैंकिङ खबर/नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सीका वेबसाइट तथा एप बन्द गर्न निर्देशन निर्देशन दिएको छ ।

नेपालमा मौद्रिक उपकरणको रूपमा कानुनी मान्यता नदिएको भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङलगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार हालका दिनमा बढ्दै गएको भन्दै प्राधिकरणले उक्त निर्देशन दिएको हो ।

‘नेपालमा मौद्रिक उपकरणको रुपमा कानूनी मान्यता नदिएको भर्चुअल करेन्सी/नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोवार हालका दिनमा बढ्दै गएको हुँदा अनलाइन प्रविधि मार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाईन, हाईपर नेटवर्किङ, अनलाईन जुवा लगायतका गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्वन्धित वेभसाइट, एप, अनलाईन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपाल भित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नपाउने गरी र त्यस्तो वेवसाइट, एप वा अनलाईन सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न सबै इन्टरनेट (इमेलसहित) सेवा प्रदायक संस्थाहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट निर्देशन जारी गरिएको छ’, सूचनामा भनिएको छ ।

Ad