Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बीग मर्जरः ग्लोबल आइएमई र बीओकेको एकीकृत कारोबार शुरु

२०७९ पुष २५ गते

बैंकिङ खबर/ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले एकीकृत कारोबार शुरु गरेका छन् । ‘ग्लोबल आइएमई बैंक लिमिटेड’को नामबाट संयुक्त कारोबार शुरु भएको बैंकको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभारम्भ गरेका हुन् ।

मर्जरपश्चात बैंकको कुल पुँजी रु. ५७ अर्ब, चुक्तापुँजी रु. ३५.७७ अर्ब, कुल निक्षेप रु. ४०० अर्बभन्दा बढी र कुल कर्जा रु. ३७९ अर्ब भन्दा बढी पुगेको छ। मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्तापुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन्।

त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन्।
२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएका छन्।

दुई बैंकहरुको मर्जरपश्चात कुल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आइएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक बनेको छ।

Ad