
बैंकिङ खबर/ पूर्वअर्थमन्त्री तथा गभर्नर युवराज खतिवडाले आर्थिक र वित्तीय सुशासनमा आफ्नो क्षमताले भ्याएसम्म काम गरेको भन्दै वित्तीय प्रणालीले एक दशकमा ठूलो फड्को मारेको बताउनुभएको छ ।
बैंक तथा वित्तीय संस्था परिसंघले गरेको सम्मान कार्यक्रममा उहाँले भन्नुभयो, ‘बैंकमा राखेको निक्षेपमा डुब्दैन भन्ने विश्वास भएको छ । पूँजीबजार र बैंकिङ क्षेत्रले सूचना प्रविधिको प्रयोगलाई अगाडि बढाउँदै लगेका छन् ।’
अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै परिसंघले खतिवडालाई सम्मान गरेको हो । सम्मानपछि डा. खतिवडाले बैंकको कुल पूँजीकरणमा नेपाल विश्वमा अधिक पूँजीकरण हुने १४० देशमा २३औं स्थानमा पुगेको बताउनुभयो । ‘कर्जाको आकार भन्दा गुणस्तर बढाउन आवश्यक भएको छ,’ उहाँले भन्नुभयो, ‘आकार बढाउँदा जोखिम आउनसक्छ ।’