Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

स्वारोजगार र समता घरेलु लघुवित्त मर्ज हुँदै

२०७९ पुष १९ गते

बैंकिङ खबर/ स्वारोजगार लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाबीच मर्जर हुने भएको छ । दुई संस्थाबीच सोमबार एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ ।

१ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने गरी दुई संस्थाबीच मर्जरको सम्झौता भएको छ । मर्जरपछि बन्ने संस्थाको नाम स्वरोजगार लघुवित्त नै रहनेछ भने सञ्चालक समितिमा अध्यक्षसहित ४ जना स्वरोजगार लघुवित्तबाट र तीन जना समता घरले लघुवित्तबाट रहने सहमति भएको छ ।

प्रमुख कार्यकारी अधिकृत भने समता घरेलु लघुवित्तका डा. मदन घिमिरे हुने सहमति भएको बताइएको छ । हाल स्वरोजगार लघुवित्तको चुक्ता पुँजी ५१ करोड ४१ लाख र समता घरेलु लघुवित्तको चुक्ता पुँजी ३४ करोड २७ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट दुबै संस्थाले आफ्नो क्षमताअनुसार लाभांश बाँडेर जाने सहमति भएको स्रोतले जनाएको छ ।

 

Ad