
बैंकिङ खबर/ कुमारी बैंकका अध्यक्ष अमिर प्रताप राणाले अब कुमारी बैंकलाई मुलुकै नम्बर १ वाणिज्य बैंक बनाउने लक्ष्य राखेको बताउनुभएको छ ।
मर्जरपछि कुमारी र एनसीसी बैंकको आजबाट एकीकृत वित्तीय कारोबार शुभारम्भ भएको घोषणा कार्यक्रममा अध्यक्ष राणाले भन्नुभयो, ‘अबको ३–४ वर्षमा हामी मुलुककै नम्बर १ वाणिज्य बैंक बन्न सक्छौँ ।’ पुँजी र शाखा सञ्जालको हिसाबले कुमारी बैंक वाणिज्य बैंकहरुमा ४ स्थानमा रहेर अगाडि बढिरहेका बताउनुभयो ।
ठूला पुँजी भएका बैंकहरुले पनि मर्जरलाई एउटा अवसरका रुपमा लिएर अगाडि बढेको उहाँको भनाइ छ । प्रारम्भिक सम्झौताको ६५ दिनमै मर्जर पूरा गर्न सफल भएकोमा राणाले सबै पक्षलाई धन्यावाद दिनुभयो । मर्जरपछि अब के– के अवसर छन् भन्ने विषयको विश्लेषण गर्नुपर्ने राणाले बताउनुभयो ।