
बैंकिङ खबर/नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एक आपसमा मर्ज हुन नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका छन् । केन्द्रीय बैंकले इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई १००ः९० सेयर स्वाप रेसियोमा मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । यसर्थ, अब मेगा बैंकका सेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता प्राप्त गर्नेछन् । मर्जरपश्चात नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाममा एकीकृत कारोबार हुनेछ ।
दुवै बैंकको पुस ७ गते सम्पन्न साधारण सभाले पनि एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ । अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि एकीकृत कारोबार सुरु हुनेछ ।