Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

रुकुम पश्चिममा ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

२०७९ पुष १२ गते

बैंकिङ खबर/रुकुम पश्चिमको मुसिकोटमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रमको शुभारम्भ गरेको छ ।महिलालाई रोजगारी र समृद्धिको मुल नारा दिई संचालन भएको कार्यक्रमको उद्घाटन महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गर्नु भएको थियो ।

पौष ११ गते लक्ष्मी के.सि.को अध्यक्षतामा सम्पन्न शुभारम्भ र तालिम कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधि , महिला तथा अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै कार्यकारी प्रमुख भट्टराईले समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई रोजगारी दिई आय आर्जनको लागि यो कार्यक्रम अवसरको रुपमा रहेको बताउनु भयो ।

कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमला र बजार प्रबन्धक यमलाल न्यौपानेले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै मुलुकको आर्थिक रुपान्तरणको लागि यो कार्यक्रम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नु भयो ।

रुकुम पश्चिम जिल्ला समन्वय समितिका संयोजक लुम्बिनी गौतमले रुकुम जस्तो दुर्गम क्षेत्र राजनैतिक चेतना र सुविधाको हिसावले विकसित भैसकेको भएता पनि महिलाको आर्थिक उन्नतीको लागि महालक्ष्मी लाईफको यो कार्यक्रम निकै नै प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा सानी भेरी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष शेर बहादुर खड्काले महिला सशक्तिकरणको लागि सरकार र गाउँपालिकाले पनि बजेट छुट्याएकोले महिलाहरुको रोजगारी र आय बृद्धिको लागि संचालित यस्ता कार्यक्रममा महालक्ष्मी लाईफ सँग सहकार्य गरेर जान तयार रहेको जानकारी दिनु भयो ।

महालक्ष्मी लाईफको रुकुम पश्चिम मुसिकोटका प्रमुख व्यूँझना पुन देवकोटाले संचालन गर्नु भएको कार्यक्रममा सानीभेरी गाउँपालिका पूर्व उपाध्यक्ष इन्दिरा ओलि, वडा नं। ३ का वडा अध्यक्ष जगदीश नकाल, पत्रकारहरु, स्थानीय जनप्रतिनिधिहरु समेत ६० जनाको उपस्थिति रहेको थियो ।