
बैंकिङ खबर/ नव नियुक्त उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले निजी क्षेत्रलाई निरास नबनाउने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुझाएको ज्ञापन पत्र बुझ्दै उपप्रधानमन्त्री पौडेलले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
उनले भने, ‘राष्ट्र बैंक पनि निजी क्षेत्रको समस्यामा गम्भिर छ । निजी क्षेत्र कमजोर भयो भने सरकारले काम गर्न सक्दैन ।’ उपप्रधानमन्त्री पौडेलले निजी क्षेत्रलाई सरकार भएर सोचिदिन आग्रह गर्दै सरकारले पनि निजी क्षेत्र भएको सोचेर समस्या समाधान गर्ने बताए ।
अहिले देखिएको समस्या आज वा भोली नै नभएपछि यथासक्य चाँडो समाधान हुने आश्वासन दिलाए । व्यवसायीले विज्ञप्ति बुझाउने कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि सहभागी थिए ।