Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सञ्चित कोषको ८० प्रतिशत रकम चालु आवभर निक्षेपमा गणना गर्न पाउने

२०७९ पुष ११ गते

बैंकिङ खबर/स्थानीय तहको सञ्चित कोष खातामा रहेको रकमको ८० प्रतिशतसम्मलाई वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष (आव) २०७९÷८० भर नै निक्षेपका रुपमा गणना गर्न पाउने भएका छन् । अर्थ मन्त्रालयले सोमबार नेपाल राष्ट्र बैंकलाई एक पत्र लेख्दै यस्तो समय असार मसान्तसम्म लम्ब्याएको जानकारी गराएको हो । यस अघि यस्तो व्यवस्था पुस मसान्तसम्म मात्रै थियो । यसले बैंकिङ प्रणालीमा लगानी योग्य रकमको अभाव पूर्ति गर्न ठूलो सहयोग गर्नेछ ।
बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोतको अभाव भएपछि ५ पुस २०७८ देखि अर्थ मन्त्रालयले २०७९ असारसम्म यस्तो सुविधा दिएको थियो । त्यसपछि चालु आवको प्रारम्भमै अर्थले अर्को निर्णय गर्दै यो सीमा पुस मसान्तसम्म लम्ब्याइ दिएको थियो ।
यसअघि ५० प्रतिशत रकमलाई मात्र निक्षेपका रुपमा गणना गर्न सकिने प्रावधान थियो । साउनमै बैंकहरुमा लगानीयोग्य स्रोतको अभाव भएपछि अर्थले पुससम्मको समय दिएको थियो ।

Ad