Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनएमबि बैंकले आमग्राहक वर्गको विश्वास जितेको छः नविन बिष्ट(लुम्बिनी प्रदेश प्रमुख)

२०७९ पुष १२ गते

नविन बिष्ट

एनएमबि बैंक लिमिटेड

लुम्बिनी प्रदेश प्रमुख

नेपालमा रहेका वाणिज्य बैंकहरुमध्ये एक अग्रणी स्थानमा रहेको बैंक हो एनएमबि बैंक । यस बैंकले नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा विभिन्न समयमा अवार्ड समेत प्राप्त गरिसकेको छ । यस बैंक हालै अफ दि ईयर एशियाबाट सम्मानित नेपालको पहिलो बैंक समेत बनेको छ । देशभर शाखा सञ्जाल विस्तार गरि उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंक ग्राहकको रोजाइमा परेको छ । यसैबीच हामीले एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख नविन बिष्टसँग यस बैंकका बारेमा लुम्बिनी प्रदेश प्रमुख नविन बिष्टसँग कुराकानी गरेका छौं । प्रस्तुत छ प्रमुख बिष्टसँग गरिएको कुराकानीको सम्पादित अंश :

एनएमबि बैंक एशियाकै उत्कृष्ट बैंक भनिएको छ,  कसरी छनौट भएको हो ?

निश्चय नै बैंक अफ दि ईयर एशियाबाट सम्मानित नेपालको पहिलो बैंक एनएमबि बैंक लिमिटेड हुँदा हामी सबै खुसी छाै‌ँ । नेपालका सबै बैंक वित्तीय संस्था, आम नेपाली सबैको लागि गौरवको कुरा हो । एउटा नयाँ इतिहास कोर्न पाउँदा एनएमबि बैंक गौरभभान्वित छ । यो अवसरमा खुशी बाँड्न चाहन्छौं ।

यो उपलब्धि हाम्रो सेवा र ग्राहकको विश्वासले आर्जन भएको हो । हामीहरु बैंकको स्थापना कालदेखि नै ग्राहकमैत्री सेवा दिँदै आएका छौं । आमजनताको रोजाइको बैंक हो एनएमबि बैंक । मुलुकभर रहेका अन्य बैंकहरुले भन्दा एनएमबीले दिगो बैंकिङ्गका लागि काम गरेको हुँदा एशिया कै उत्कृष्ट बैंक बन्न सफल भएको हो ।

अर्कोकुरा हामीले विश्वसनिय, सरल, सहज, डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आएका छौं । एनएमबि बैंकले आर्टिफिसियल इन्टिलिजेन्स(एआइ)मार्फत आफ्नो बैंकिङ्ग सेवालाइ थप सुदृढ, छिटोछरितो र विस्वसनिय बनाएको छ । समग्रमा एउटा बलियो बैंक जसले नेपालमा रहेका हरेक अपार सम्भावनाको उत्खनन गरी समृद्ध नेपाल निर्माणका लागि काम गरिरहेको छ ।

त्यस्तै एनमबीले हरित वातावरण कायम गर्ने उद्योग ब्यावसायमा लगानी गरेको छ जसले प्रदुषणरहित वातावरण निर्माण गर्न सहयोग पुर्याउने छ । यी लगायत अरु थुप्रै सकारात्मक र असल कार्यसम्पादनले नै २०१७, २०१८, २०२०, २०२१ मा नेपाल को उत्कृष्ट बैंक भएको थियो । साथै २०२१मा नै नेपालबाट पहिलो पटक एनएमबि बैंकले बैंक अफ द इयर एसिया अवार्ड चुम्न सफल भएको हो । एसियाका करिब ४८ देशभित्र रहेका सम्पूर्ण बैंक वित्तीय संस्थाहरुबाट नेपालबाट पहिलो पटक एनएमबि बैंक एसियाको सर्वोत्कृष्ट बैंक छनौट भएको हो । यो सबै बैंक तथा वित्तीय संस्थाको गौरवको विषय हो ।

एशियाकै उत्कृष्ट भनेपछि यसको सेवा कस्तो छ सेवाग्राहीका लागि ?

हामीले बैंकिङ्ग सेवा दिने हो । आममानिसका आफ्ना आफ्ना आर्थिक गतिविधिहरु हुन्छन् । ति आर्थिक गतिविधिलाई बैंकले सजिलो, भरपर्दो र छरितो बनाउनुपर्छ । एनएमबि बैंकले शुरु देखि नै भ्यालु वेस बैंकिङ्ग गर्दै आएको छ । पक्कै पनि यो एसिया कै उत्कृष्ट पुरस्कार पाए पछि अझ थप ग्राहकमैत्री सेवाहरु अगाडि बढाइरहेका छौं ।

खासगरी नेपाली माटोमा अन्तर्राष्ट्रियस्तरको आधुनिक बैंकिङ्गका हरेक माध्यमहरु मार्फतबाट ग्राहकका आवश्यकता पुरा गर्न समर्पित छौं । एउटा अत्याधुनिक, अब्बल र सर्वोत्कृष्ट बैंकिङ्ग सेवाको लागी हामी, हाम्रा शाखाहरु, प्रत्येक कर्मचारीहरु दत्तचित्त रहि सँधै तत्पर भएर आमनागरिकको सेवामा छौं । एउटा ग्राहकले ढुक्कसँग आफ्नो कारोबार एनएमबि बैंकमा गर्छु भन्दा गर्व गर्ने ठाउँ बनाएका छौं । एनएमबिले आमग्राहक वर्गको विश्वास जितेको छ र यो विश्वासलाई अझै विस्तार अझै विशाल र समुन्नत बनाउँदै लैजानेछौं ।

शाखाहरुको अवस्था के कस्तो छ ?

एनएमबि बैंकको मुलुक भर शाखाहरु छन् । गाउँशहर हिमाल पहाड तराई सबै ठाउँमा दुई सय शाखा छ । लुम्बिनी प्रदेशमा मात्र ३२ ओटा शाखाबाट हाम्रा सेवाहरु दिएका छौं ।

सेवा ग्राहीका लागी कस्ता कस्ता सुबिधाहरु छन् ?

एनएमबि बैंकले सेवाग्राहीको बचत राख्ने र वित्तीय आवश्यक भएका ग्राहकलाइ कर्जा प्रदान गर्ने गर्दछ । साथै सन्सारका उत्कृष्ट बैंकहरुले प्रदान गर्ने बैंकिङ्ग प्रविधिलाई नेपाली माटोमा ल्याउने र अन्तर्राष्ट्रिय स्तरको बैंकिङ्ग सेवा दिन हामीहरु सदैव दत्तचित्त भएर लागेका छौं । सर्वसुलभ कर्जा र बचतमा राम्रो ब्याज दिइरहेका छौं ।

बचतमा उत्कृष्ट ब्याज र कर्जामा सर्वसुलभ ब्याज छ । सबै वर्ग र समुदाय, उमेर समेटेर विभिन्न प्रोडक्टहरु हामीले ल्याएका छौं, जस्तै महिला दिदीबहिनीको लागि स्मार्ट नारी बचत खाता, वृद्धहरुको लागि मान्यजन बचत खाता, युवाहरुको लागि युवा बचत खाता, कर्मचारी बचत खाता लगायत थुप्रै उत्कृष्ट बचतका स्किम छन् ।

खाता खोली कारोबार गर्दा राम्रो ब्याज पनि पाइन्छ अनि दुर्घटना बिमा, घातक रोगको विमा र स्वास्थ्य बीमाको सुविधाहरु छन् । त्यस्तै कर्जातर्फ कृषि, उर्जा, ब्यापार, उद्योग, घर, शिक्षा, गाडी लगायतका कर्जाहरु प्रदान गरेको छ । बिना कागजात एनएमबि बैंकको मोबाइल बैंकिङ्ग एप्सबाट एप्लाइ गरेर दुई लाखसम्मको सापटी कर्जा दिएका छौं । डिजिटल बैंकिङ्गमा एटीएम, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग , ईन्टरनेट बैंकिङ्ग, आइपिस, आरिटिजिस, धेरै–धेरै रेमिटान्स सुविधाहरु लगायतका अत्याधुनिक सेवाहरु प्रदान गर्दै आइरहेका छौं ।

बचतमा कति देखि कति सम्म र कर्जामा सर्बाधिक कति सम्म ब्याज दर छ ?

एनएमबि बैंकले बैंकिङ्ग इन्डिस्ट्रिकै उत्कृष्ट ब्याज दिएको छ । कर्जामा सुलभ दर छ । बचतमा ९.१३% र मुद्दतीमा १२.१३% छ । रेमिट्यान्स मार्फत विदेशबाट आएको पैसामा थप १% ब्याज दिइरहेको छ । कर्जामा एकदम सुलभ छ । बैंकिङ्ग इन्ड्रस्ट्रिको कम स्प्रेड दर एनएमबि कै छ । यसले के देखाउँछ भने हाम्रो कर्जाको ब्याज पनि अरुको भन्दा कम छ ।

अन्य बैंक भन्दा एनएमबि नै किन रोज्ने ?

एनएमबि बैंक नेपालको मात्र होईन, एशिया कै उत्कृष्ट बैंक हो । एनएमबि बैंकले विश्वसनिय, ग्राहकमैत्री, सरल र अत्याधुनिक छिटोछरितो सेवा दिने गर्छ। हामीले ग्राहकका वित्तीय आवश्यकता पूरा गर्न सक्छौं । राम्रो ब्याज दिएर ग्राहकको पैसा सुरक्षित राख्दिन्छौं । ग्राहक आवश्यकता जहाँ छ, त्यहा एनएमबि बैंक जान्छ र सेवा दिन्छ । ग्राहकको आवश्यकता पूर्ती गर्न बैंक सदैव तल्लीन छ । घरदेखि परसम्म, कृषि देखि व्यापारसम्म, स्वदेश देखि विदेशसम्म हरेक बैंकिङ्ग आवश्यकता हामी पूरा गर्न सक्छौं ।

एनएमबि बैंकको लुम्बिनी प्रदेशमा कस्तो संरचना ?

लुम्बिनी प्रदेश मुलुकको निकै महत्त्वपूर्ण र निकै राम्रो सम्भावना बोकेको प्रदेश हो । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र हो यो । यसलाई मध्यनजर गरेर लुम्बिनी प्रदेशभर एनएमबि बैंकका शाखाहरु संचालनमा छ्न । अहिले ३२ ओटा शाखाहरु मार्फत वित्तीय सेवा दिइरहेका छौं ।

देशका अन्य प्रदेशको तुलनामा लगानी र निक्षेप कस्तो छ लुम्बिनी प्रदेशमा ?

यतिबेला निक्षेपको आवश्यकता छ बंैकिङ्ग सिस्टममा तरलताको कमि छ । यसले लुम्बिनी प्रदेशमा पनि प्रभाव नपार्ने कुरा भएन । यद्यपि एनएमबि बैंक लुम्बिनी प्रदेशको निक्षेप र कर्जाको अवस्था सन्तोषजनक छ । लुम्बिनी प्रदेशमा लगानी, निक्षेप र समग्र वित्तीय साइजमा एनएमबि बैंक टप ५ बैंक भित्र पर्दछ । यो आम नागरिकको विश्वासले सम्भव भएको हो । अनि अर्को कुरा आम ग्राहकबर्गको विस्वास र भरोसा एनएमबि बैंकमाथि भएकोले निक्षेप र कर्जा वृद्धिमा हामी निरन्तर अगाडि बढिरहेका छौं ।

लुम्बिनी प्रदेशमा कस्तो कस्तो क्षेत्रमा लगानी बढी छ र प्राथमिकता के हो ?

एनएमबि बैंकको सबै क्षेत्रमा सापेक्षित लगानी छ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति, निर्देशन एवम् एनएमबि बैंकको केन्द्रीय कार्यालयले निर्देशन गरे बमोजिम हामीले लगानी गर्नुपर्ने हुन्छ । हामीले कृषि, उद्योग, शिक्षा, स्वास्थ तथा अन्य थुप्रै व्यावसायमा लगानी गरेका छौं । यो प्रदेश भगवान गौतम बुद्ध जन्मेको प्रदेश हो ।

बुद्ध जन्मस्थल लगायत थुप्रै पर्यटकिय एवं साँस्कृतिक, धार्मिक स्थलहरु भएका हुँदा पर्यटन उद्योगको फस्टाउने सम्भावना छ । त्यसले गर्दा एनएमबि बैंक होटल, रेष्टुरेन्ट, क्याफेहरुमा पनि राम्रै लगानी गरेको छ । हाम्रो प्राथमिकता समग्र आर्थिक विकासमा टेवा पुग्ने क्षेत्रमा छ । हाम्रो बैंकिङ्ग सेवाले एउटा घर एउटा परिवारको आर्थिक वृद्धिमा के योगदान गर्न सक्यो ।

एउटा समाजमा , एउटा पालिकामा, जिल्लामा, प्रदेशमा र सिंगो मुलुकलाई के दिन सक्यो भन्नेमा सँधै चनाखो छौं, सजग छौं, ध्यान दिन्छौं र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने, समुन्नत र दिगो समृद्धि हासिल गर्ने योजनामा हामी बित्तीय सेवा प्रदान गरेका छौं र सेवा दिन सँधै तत्पर छौं ।

बैंकहरुमा अस्वाभाविक प्रतिस्पर्धा होडबाजी छ नी ?

हाम्रो खुल्ला अर्थतन्त्र छ । विभिन्न वर्गका बैंक वित्तीय सस्थाको ठूलो संख्या एकै स्थानमा देख्न पाउँछौं । निश्चय नै प्रतिस्पर्धा छ । तर तल्लोस्तरको प्रतिस्पर्धा हुनु राम्रो होइन । व्यवस्थित प्रतिस्पर्धा हुनुपर्छ । खुल्ला प्रतिस्पर्धा र स्वच्छ प्रतिस्पर्धाले ग्राहकलाई नै सुविधा पुग्छ । र अर्कोतर्फ बैंकहरु आफुलाई अझै सबल, सशक्त र जनमैत्री बनाउँदै जान्छन् ।

अन्तमा सेवाग्राहीलाई भन्नै पर्ने कुरा केही छन् ?

एनएमबि बैंक तपाईको आफ्नो बैंक हो । हरेक बित्तीय कारोबारको लागि हामीलाइ सम्झनुहोस । तपाई सबैको साथ, समर्थन, विस्वासले एनएमबि बैंक निरन्तर अगाडि बढिरहेको छ । थप सरल, शसक्त, ग्राहकमैत्री, अत्याधुनिक एवं डिजिटल बैंकिङ्ग सेवा दिन कटिबद्ध छौं र त्यसैमा लागिरहेका छौं । तपाईको माया र विश्वासको लागि आभारी छौं । निरन्तर सेवा दिन मौका दिनुहोला । कुनै पनि बित्तीय बैंकिङ्ग सेवा लिन एनएमबि बैंकको शाखामा पाल्नुहोला ।

 

Ad