Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

निर्जीवन बीमा कम्पनी: ९ वटाको लाभांश घोषणा, कुनको कति ?

२०७९ पुष ११ गते

बैंकिङ खबर/हालसम्म ९ वटा निर्जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७८/०७९ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

शिखर, नेको, प्रिमियर, सगरमाथा, एनएलजी, सिद्धार्थ, नेपाल, आईएमई जनरल र यूनाइटेड इनस्योरेन्सले लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गरेकामध्ये सबैभन्दा धेरै लाभांश घोषणा गरेको शिखरले सेयरधनीलाई कुल १६.८४२१ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये १६ प्रतिशत बोनस सेयर र ०.८४२१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

नेको इन्स्योरेन्स

नेको इन्स्योरेन्स कम्पनीले गत वर्षको मुनाफाबाट कुल १५.७९ प्रतिशत लाभांश घोषणा गरेको । कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने भएको छ ।

सगरमाथा इन्स्योरेन्स

सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई कुल १३.१५७९ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५७९ प्रतिशत नगद लाभांश दिन दिने निर्णय गरेको हो ।

एनएलजी इन्स्योरेन्स

एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुल १०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद गरी उक्त अनुपातमा लाभांश दिने भएको हो ।

नेपाल इन्स्योरेन्स कम्पनी

नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो ।

आइएमई जनरल

आइएमई जनरलले गत वर्षको वितरणयोग्य नाफाबाट सेयरधनीहरुलाई कुल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ६.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश दिनेछ ।

यूनाइटेड इन्स्योरेन्स

यूनाइटेड इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

यूनाइटेड इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्दैछ । जसअनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् । कम्पनीले लभांश प्रस्ताव पारित गर्न पुस २७ गते साधारणसभा बोलाएको छ ।

प्रिमियर इन्स्योरेन्स

प्रिमियर इन्स्योरेन्सले गत आवको मुनाफाबाट सेयरधनीहरुका लागि १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी १ अर्ब २२ करोड ७६ लाख रुपैयाँको ५ प्रतिशतले हुन आउने ६ करोड १३ लाख रुपैयाँ बराबरको बोनस सेयर र १० प्रतिशतले हुन आउने १२ करोड २७ लाख रुपैयाँ बराबरको नगद (कर सहित) लाभांश प्रस्ताव गरेको थियो ।

सिद्धार्थ इन्स्योरेन्स

सिद्धार्थ इन्स्योरेन्सको कम्पनी सञ्चालक समितिको कात्तिक २९ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको ९.४७३७ प्रतिशतले हुन आउने १२ करोड २० लाख २१ हजार ५३ रुपैयाँ बराबरको नगद (कर सहित) प्रस्ताव गरी आर्थिक वर्ष २०७८/७९ वित्तीय विवरण स्वीकृतीको लागि बीमा प्राधिकरण पठाएको थियो । प्राधिकरणले नगद लाभांशको सट्टा बोनस सेयर र कर प्रयोजनको लागि वितरण गर्ने भन्ने सशर्तसहित वित्तीय विवरण स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

जसअनुसार कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट इन्स्योरेन्सले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४७३७ प्रतिशत नगद गरी कुल ९.४७३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रिमियरले आर्थिक वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रायोजनको लागि ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Ad