Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सूर्या र ज्योति लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार पुस ७ देखि

२०७९ पुष ५ गते

बैंकिङ खबर/ सूर्या लाइफ र ज्योती लाइफ इन्स्योरेन्सले मर्जर प्रक्रिया पूरा गरी यहि पुस ७ गतेबाट एकीकृत जीवन बीमा कारोबार शुरु गर्ने भएको छ । यी दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बीमा प्राधिकरणले मंसिर २९ गते अन्तिम स्वीकृति दिएको थियो । त्यसअघि गत कात्तिक २८ गते सम्पन्न दुवै कम्पनीको वार्षिक साधारणसभाले मर्जर प्रक्रियालाई पारित गरेको थियो।

अब सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत जीवन बीमा कारोबार हुनेछ। डाटा माइग्रेसन तथा सिस्टम इन्टेग्रेसन गर्नुपर्ने भएकोले पुस ६ गते एक दिनका लागि बिहान ८ बजेदेखि सम्पूर्ण सेवा अवरुद्ध हुने पनि दुवै कम्पनीले जनाएका छन्। यी दुवै कम्पनीबीच गत असार १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। सूर्या लाइफ र ज्योति लाइफबीच १ः०.८२ सेयर अनुपात कायम मर्जरमा गएका हुन्।

Ad