Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लघुवित्तले अब मासिक रुपमा बेस रेट प्रकाशित गर्नुपर्ने

२०७९ मंसिर २८ गते

बैंकिङ खबर/ लघुवित्त वित्तीय संस्थाले पनि अब आधार दर (बेस रेट) प्रकाशन गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाअनुरुप यस्तो व्यवस्था गरेको हो ।
परिपत्र अनुसार अब माघ महिनादेखि आधार दर आफ्नो वेबसाइटमा मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको हो । यसअघि यस्तो आधार दर राष्ट्र बैंकमा बुझाए हुने व्यवस्था थियो ।