Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

गणपति लघुवित्त वित्तीय संस्था लि.सातौं वर्षमा प्रवेश

२०७९ मंसिर २५ गते

बैंकिङ खबर/ गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न कार्यक्रम गरी आफ्नो छैठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । वि.सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाको हाल २३ वटा जिल्लामा ४३ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका ४०,१०५ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छैठौ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय र ४३ वटा शाखा कार्यालयहरु मार्फत विविध सामाजिक क्षेत्रमा सहयोगात्मक एवमं चेतनामुलक कार्यक्रम संचालन गरी वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ ।

केन्द्रीय कार्यालय मार्फत पोखरा–३२ लामेआहालमा अवस्थित राधाकृष्ण मन्दिर तथा शान्ती आश्रममा बृद्धबृद्धाहरुको लागि बिहानी भोजन तथा अन्य सहयोग सामाग्रीहरु संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालले उक्त बृद्धाश्रमका अध्यक्ष प्रेम लिगल मार्फत हस्तान्तरण गर्नुभयो ।