Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकहरुमा लगानी गर्दै सेबोन, प्रस्ताव पेस गर्न आह्वान

२०७९ मंसिर २३ गते

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकहरुमा मुद्दति खातामा लगानी गर्ने भएको छ । सेबोनले सूचना प्रकाशित गर्दै सेबोनमा रहेको लगानीयोग्य रकम वाणिज्य बैंकहरुमा मुद्दति खातामा लगानी गर्ने जनाएको छ।

यसका लागि आफूले दिन सक्ने एकवर्षे ब्याज दरसहित इच्छुक वाणिज्य बैंकले यो सूचना प्रकाशित भएको मितिले ५ दिनभित्र आवश्यक कागजातसहित सिलबन्दी प्रस्ताव पेस गर्न आग्रह गरेको छ।

प्राप्त सिलबन्दी प्रस्तावहरु सेबोनले प्रस्ताव पेस गर्ने अन्तिम दिन अपराह्न ४ः१५ बजे सेबोनको खुमलटारस्थित कार्यालयमा खोल्नेछ। लगानीसम्बन्धी अन्तिम निर्णय सेबोनको हुने सूचनामा प्रस्ट पारिएको छ।

Ad