Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

ट्रेजरी विल्सको ब्याजदर घट्न थाल्यो

२०७९ मंसिर २३ गते

बैंकिङ खबर/आन्तरबैंक ब्याजदरसँगै ट्रेजरी विल्सको ब्याजदर क्रमशः घट्न थालेको छ । पछिल्लो समय केन्द्रीय बैंकले बिक्री गर्ने ट्रेजरी विल्समा बैंकहरुले तुलनात्मक रुपमा कम ब्याजदर राख्न थालेका छन्।

मंसिर २० गते बिक्री गरेको ट्रेजरी विल्समा बैंकहरुले ८.३९ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याजदर पेश गरेका छन् । २८ दिन अवधिको ट्रेजरी विल्सको दर ९.५३ प्रतिशत कायम भएको थियो भने ९१ दिन अवधिको ट्रेजरी विल्समा १०.८३ प्रतिशत र १८२ दिने अवधिको ट्रेजरी विल्सको दर ११.७५ प्रतिशत कायम भएको थियो ।

यसअघि मंसिर १३ गते जारी गरेको ट्रजरी विल्समा ९१ दिन अवधिको विल्सको दर १०.७९ प्रतिशत, १८२ दिन अवधिको ११.३८ प्रतिशत र ३६४ दिन अवधिको ११.४९ प्रतिशत कायम भएको थियो।

यसअघि चालु आर्थिक वर्षको सुरुवातमानै ट्रेजरी विल्सको दर १२ प्रतिशतसम्म कायम भएको थियो तर केन्द्रीय बैंकले ब्याजदर बढ्न नदिन विल्स आफैले खरिद गर्न थालेपछि बैंकहरुले पनि ब्याजदर केहि घटाएका हुन्।

Ad