Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

पाँच लघुवित्तको लाभांश घोषणा, कुनको कति ?

२०७९ मंसिर २२ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ५५ वटा लघुवित्त कम्पनीमध्ये हालसम्म पाँच लघुवित्तले मात्र आर्थिक वर्ष २०७८÷७९ को लाभांश घोषणा गरेका छन्। साना किसान लघुवित्त, आरएमडिसी लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, आरएसडिसी लघुवित्त र

जाल्पा

जाल्पा सामुदायिक लघुवित्तले गत वर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेका हुन्। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यो वर्ष ७६.८५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।

आरएसडिसी लघुवित्त

त्यस्तै, आरएसडिसी लघुवित्तले सेयरधनीहरूका लागि ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश दिन लागेको हो। गत वर्ष यस कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो।

फर्स्ट माइक्रोफाइनान्स

यसैगरी, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले भने यो वर्ष २० प्रतिशत लाभांश वितरण गर्न लागेको हो। कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।
गत वर्ष यस कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लभांश दिएको थियो। यस कम्पनीले गत वर्षको तुलनामा लाभांश दर बढाएको छ।

आरएमडिसी लघुवित्त

आरएमडिसी लघुवित्तले भने यो वर्ष २७.३७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश दिने भएको हो।

गत वर्ष यस कम्पनीले २० प्रतिशत बोनस सेयर र कर तिर्नका लागि ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो। यस कम्पनीको पनि लाभांश दर गत वर्षको तुलनामा बढेको हो।

साना किसान लघुवित्त

यस्तै, साना किसान लघुवित्तले पनि यो वर्ष २७.३७ प्रतिशत नै लाभांश दिने निर्णय गरेको छ। साना किसानले सेयरधनीहरूका लागि २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद लाभांश दिन लागेको हो।