
बैंकिङ खबर/ लघुवित्तीय वित्तीय संस्थाबाट पनि शंकास्पद आर्थिक कारोबार भएको पाइएको छ । नेपाल राष्ट्र बैंकमा रहेको ‘फाइनान्सियल इन्टेलिजेन्स युनिट–एफआईयू नेपाल’ को गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनले लघुवित्त वित्तीय संस्थाबाट १.५८ प्रतिशत शंकास्पद कारोबारको उजुरी परेको जनाएको छ । बिमा कम्पनी, सहकारी, धितोपत्र कारोबार गर्ने कम्पनी र अन्यबाट पनि शंकास्पद कारोबारको उजुरी आउने क्रम बढेको प्रतिवेदनमा उल्लेख छ ।