
बैंकिङ खबर/प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच प्राप्तिका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दुई बैंकबीच प्राप्तिका लागि बुधबार अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा हस्ताक्षर भएसँगै यी बैंकले पुस अन्तिमदेखि संयुक्त कारोबार शुरू गर्नेछन् ।
उक्त सम्झौतापत्रमा प्रभु बैंकका संयुक्त प्राप्ति (एक्विजिसन) समितिका संयोजक रमेशसिंह खड़का र सेञ्चुरी कमर्सियल बैंकका संयुक्त एक्विजिसन समितिक सदस्य मनबहादुर राईले हस्ताक्षर गर्नुभएको छ ।