Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सरकारद्वारा गाडी, मोबाइल र मदिरा आयातमा लगाइएको प्रतिबन्ध फुकुवा

२०७९ मंसिर २० गते

बैंकिङ खबर/ सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पुसदेखि लागू हुनेगरी ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । यसअघि यी ४ प्रकारका वस्तुको आयातमा गत साढे ८ महिनादेखि प्रतिबन्ध लगाइएको थियो ।

मुख्यसचिवको संयोजकत्वमा गठित कमिटीले आयातमा गरिएको बन्देज खुलाउन सिफारिस गरेको थियो। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रस्तावलाई स्वीकृत गर्ने निर्णय गरेको हो।

विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले गत वैशाख मध्यदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो। तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाइएको थियो भने ४ प्रकारका वस्तुहरु सबै प्रकारका निजी चारपांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३०० डलरमाथिका मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएको थियो।

Ad