Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेशनल लाईफको १५.७८ प्रतिशत लाभांश पारित

२०७९ मंसिर १८ गते

बैंकिङ खबर/  नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको ३४ औं वार्षिक साधारण सभाबाट प्रस्तावित १५७८९ प्रतिशत लाभांश पारित भएको हो ।

यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (करसमेत) पाउने भएका छन् । 

४ अर्ब ३ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी १५ प्रतिशत बोनसपछि ४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन कम्पनीलाई ३६ करोड रुपैयाँ आवश्यक परेको छ । जुन तोकिएको समय अर्थात २०७९ चैतभित्र सहज रुपमा पुर्याउने कम्पनीको दावी छ ।