Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अब बैंकवित्तले सदाचार नीति तर्जुमा गर्नुपर्ने

२०७९ मंसिर १६ गते

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीहरुको आचार सम्बन्धमा सदाचार नीति तर्जुमा गरी लागू गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकले क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो।

एकीकृत निर्देशनमा थप गरिएको व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालक समिति, कार्यकारी प्रमुख तथा कर्मचारीहरुले पालना गर्नुपर्ने आचार सम्बन्धमा सदाचार नीति तर्जुमा गरी लागू गर्नुपर्नेछ। यसअघि यस्तो व्यवस्था एकीकृत निर्देशनमा गरिएको थिए।