Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा

२०७९ मंसिर १६ गते

बैंकिङ खबर/ फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष (आव २०७८/७९) सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारणसभाबाट उक्त प्रस्ताव पारित भएपछि शेयरधनीले बोनस शेयर र नगद लाभांश पाउनेछन् ।
कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले अघिल्लो आवको नाफाबाट शेयरधनीलाई गत आवमा १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो । यसरी हेर्दा कम्पनीको लाभांश गत आवभन्दा यस आवमा बढेको छ ।