Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

२०७९ मंसिर १३ गते

बैंकिङ खबर/ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको अछाम कार्यालयमा आबद्ध करिब १३५ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भै बीमा ब्यबसाय गर्दै आउनु भएका अभिकर्ताहरुलाइ अभिकर्ता पेशामा ब्यवसायिक बनाउँदै उहाँहरुको जीवनस्तर मा सकारात्मक परिबर्तन गर्ने र कम्पनीको ब्यवसाय समेत प्रवद्र्धन गर्दै लैजाने नीति अनुरुप कम्पनीले यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताउनुभयो साथै प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा ऐन २०७९ का आधारभुत विषयबस्तुको बारेमा पनि संक्षिप्त रुपमा प्रकाश पार्नुभएको थियो ।

कम्पनीका मार्केटिङ बिभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्ताहरुलाइ बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा उत्कृष्ट ब्यवसाय गरि अछाम शाखाबाट चेयरपर्सन क्लबमा छनौट हुनुभएका अभिकर्ताहरुलाइ प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान पत्रबाट सम्मान गर्नुभएको थियोे ।

उक्त कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले कम्पनीले तयार गरेको बार्षिक तथा मासिक स्किमहरुको बारेमा जानकारी गराउनुभएको थियो भने कम्पनीको अछाम शाखा प्रमुख दिपक खड्काले सहभागीहरुलाइ धन्यबाद ज्ञापन गर्नुभएको थियो ।