
बैंकिङ खबर/ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले सुदुर पश्चिम प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई बीमा विक्रय कला सम्बन्धमा प्रशिक्षण दिनु भएको थियो ।
प्रमुख कार्यकारी अधिकृतले, कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई सक्षम र व्यवसायिक बनाउँदै लैजाने नीति अनुरुप कम्पनीले अभिकर्ता संग सम्वन्धित विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको र सोही क्रममा महेन्द्रनगरमा यो कार्यक्रम गरिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा महेन्द्रनगर शाखासँग आवद्ध भई जीवन बीमा व्यवसायमा सक्रिय रहनु भएका करिब १७५ जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो भने सो शाखाबाट उत्कृष्ठ व्यवसाय गर्ने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले खादा माला र मायाको चिनोले सम्मान गर्नुभएको थियो । सम्मानित अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नो कार्यथलो महेन्द्रनगरमा नै सम्मानित हुन पाउँदा अति नै खुशी लागेको बताउनुभएको थियो ।
कार्यक्रम महेन्द्रनगर शाखाका शाखा प्रमुख नविन किशोर भट्टले संचालन गर्नुभएको थियो भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले सहभागि अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।



