Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कर प्रणालीमा सुधार गर्न आवश्यकः शेखर गोल्छा

२०७९ मंसिर ७ गते

बैंकिङ खबर/ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कर प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधबार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले निजी क्षेत्रले रहरले कर तिर्नको लागि कर प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

अहिले कर प्रणालीमा धेरै समस्याहरू रहेकाले कर प्रशासकीय प्रणालीमा समेत पुनरावलोकन गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो । अध्यक्ष गोल्छाले सरकारले करदातालाई आकर्षित गर्ने विषयमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष गोल्छाले राजश्व संकलनमा कमी आएकाले बजारमा तरलता अभाव भएको बताउनु भयो । उहाँले तरलता अभावले व्यवसायीहरू अप्ठ्यारो अवस्थामा पुगेको गुनासो गर्नुभयो ।

उहाँले मुलुकभर उद्योग, व्यापार व्यवसायमा आएको कमीको कारण राजश्वमा कमी भएको बताउनुभयो । अध्यक्ष अग्रवालले उद्योग व्यवसायको मागमा करिब २५ देखि ३० प्रतिशत ह्रास आएको बताए । उनले सिमेन्टमा ४०, डण्डीमा ४५, अटो क्षेत्रमा ८० प्रतिशतले मागमा कमी आएको बताउनुभयो ।

Ad