Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सिभिल सहकारी प्रकरणः पीडितलाई नौ महिनाभित्र निक्षेप फिर्ता गर्न आदेश

२०७९ मंसिर ७ गते


बैंकिङ खबर/ पाटन उच्च अदालतले सिभिल सहकारीका पीडितलाई नौ महिनाभित्रमा निक्षेप रकम फिर्ता गर्न आदेश दिएको छ । सहकारीको मुद्दा फैसला गर्दै अदालतले संस्थाका पूर्वअध्यक्ष इच्छाराज तमाङ, अध्यक्ष केशवलाल श्रेष्ठको ठगी तथा संगठित अपराध मुद्दामा फैसला गर्दै जाहेरवालालाई निक्षेप फिर्ता गर्न आदेश दिएको हो ।

त्यस्तै, उच्च अदालत पाटनले सिर्जना शाक्यलाई थुनामुक्त गर्न आदेश दिएको छ । अदालतले ३५ लाख धरौटी राखी थुनामुक्त गर्न आदेश दिएको हो । सिभिल सहकारीबाट ठगिएको भन्दै एक हजार पाँच सय तीनजनाले उजुरी दिएका थिए ।

Ad