
बैंकिङ खबर/११ जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ को नयाँ बोनसदर घोषणा गरेका छन् । बीमा समितिले यी कम्पनीहरुकोे एक्चुअरी भ्यालुएसन स्वीकृत गरेसँगै यी कम्पनीहरुले नयाँ बोनसदर घोषणा गरेका हुन् ।
अझै ८ बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७\७८ को बोनसदर घोषणा गर्न बाँकि रहेको छ । हालसम्म नेपाल लाइफ, नेशनल लाइफ, ज्योति लाइफ, मेट लाइफ, एशियन लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, रिलायबल नेपाल लाइफ,आइएमई लाइफ,सिटिजन लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ कम्पनीले नयाँ बोनसदर घोषणा गरेका छन् ।
कुन कम्पनीको बोनसदर कति ?
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना बीमितहरुलाई अधिकतम ८२ रुपैयाँसम्म बोनसदर दिने भएको छ ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी
सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ५० रुपैयाँ, २५ वर्षदेखि माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर कायम गरेकोे छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
रिलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ,१० देखि १४ वर्ष अवधिको ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ६२ रुपैयाँ,२० वर्ष वा सोभन्दा माथि अवधिको लागि ७५ रुपैयाँ बोनसदर कायम भएको छ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी
सावधिक जीवन बीमालेखमा ० देखि ९ वर्ष अवधि,१० देखि १४ वर्ष अवधिको, १५ देखि २० वर्ष अवधिको लागि एउटै बोनसदर ६४ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको लागि ७० रुपैयाँ, २६ वर्षदेखि २९ वर्षसम्मको लागि ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिको लागि पनि कम्पनीले ८५ रुपैयाँ बोनसदर दिनेछ ।
मेट लाइफ इन्स्योरेन्स (नेपाल)
सावधिक जीवन बीमालेख (इन्डोमेन्ट प्लान)मा १ देखि १५ वर्ष अवधिसम्मको लागि ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि ८० रुपैयाँ बोनसदर कायम गरेकोे छ ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी
कम्पनीको सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको,१० देखि १४ वर्ष अवधिको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ४८ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँ र ३० वा सोे भन्दा बढि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ कायम भएको छ ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी
ज्योति लाइफले विविभन्न बीमालेखहरुमा न्युनतम रुपैयाँ २० देखि ७५ रुपैयाँसम्म घोषणा गरेको हो । सावधिक जीवन बीमालेखमा ९ वर्ष सम्म अवधिको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी
कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत १४ वर्षे अवधिसम्मको ५० रुपैयाँ, १५ देखि १९ वर्षे अवधिको ५५ रुपैयाँ, २० देखि २४ वर्षे अवधिको ६० रुपैयाँ र २५ वा सोभन्दा बढीका अवधिको ७५ रुपैयाँ बोनसदर कायम गरिएको छ। बालबालिकाको सावधिक तथा अन्य सावधिक जीवन बीमा योजनाको बोनश दर ५० देखि ६० रुपैयाँ कायम गरिएको छ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी
कम्पनीको अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० देखि १४ वर्ष अवधि र १५ देखि १९ वर्ष अवधिको लागि ४२ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ५२ रुपैयाँ,२५ देखि २९ वर्ष अवधिको लागि ६० रुपैयाँ कायम गरेको छ । सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिको लागि र ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ४१ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५४ रुपैयाँ १५ देखि २९ वर्ष अवधिको लागि ६० रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
सिटिजन लाइफ
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पोलिसीमा न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
अग्रिम भुक्तानी (सावधिक रेगुलर जीवन बीमालेख) मा १० देखि १४ वर्ष अवधिसम्मको ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४९ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ५५ रुपैयाँ बोनसदर कायम गरेको छ ।
सन नेपाल लाइफ
कम्पनीले न्युनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ । सनलाइफ सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि पनि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ६० रुपैयाँ, र २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि ७५ रुपैयाँ कायम भएको छ ।




