Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

कोरोना बीमाको बाँकी रहेको रकम भुक्तानी गर्न शुरु

२०७९ मंसिर ४ गते

बैंकिङ खबर/नेपाल बीमक संघले बीमा कम्पनीहरुलाई कोरोना बीमा वापतको दाबी रकम भुक्तानी गर्ने निर्णय गरेको छ । नेपाल बीमक संघको बैठकले कोरोना बीमा वापत परेको दावी भूक्तानी गर्ने निर्णय गरेको हो ।

दावी भूक्तानी गर्दा व्यक्ति तथा परिवारको दावी भूक्तानी गर्ने, कम्पनीहरुको स्वीकृत दावी संख्यालाई आधारमानि समानूपातिक रुपमा बाँडफाँट गर्ने, समानूपातिक रुपमा बाँडफाँट गर्दा व्यक्ति तथा परिवारलाई तिर्नु पर्ने दावी संख्या भन्दा बढि रकम नदिने, बाँडफाँट भइ बाँकी रहने रकमलाई जुन कम्पनीहरुको व्यक्ति तथा परिवारका संख्या बढि छन् तिनै कम्पनीहरुमा पूनःस्वीकृत दावी संख्याको अनुपातमा बाँडफाँट गर्ने र दावी भूक्तानी गर्ने व्यक्ति तथा परिवारको नाम कम्पनीहरुले बीमक संघबाट सहि छाप गराई आ–आफ्नो वेव साइटमा प्रकाशित गर्ने निर्णय बीमक संघको बैठकले निर्णय गरेको छ ।

कोरोना बीमा दावी भूक्तानी, जोखिम समूहको पूनर्बीमा सम्झौता लगायत बीमक संघले गरेको निर्णयलाई कार्यान्वयन गर्न बीमा कम्पनीहरुलाई संघले आग्रह गरेको हो । भूक्तानी गरिएको दाबीकर्ताहरुको सूचीकको एक प्रति बीमक संघ र पुललाई उपलब्ध गराएको रकमको चेक बीमक संघबाट लिइ दाबी प्रकृयालाई सहज गर्न संघको भनाइ छ ।