Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था दोधारा चांदनीद्वारा बीमा रकम हस्तान्तरण

२०७९ मंसिर २ गते

बैंकिङ खबर/ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय स्वास्थ्यचौकी (दोधारा चांदनी) ले आफ्नो संस्थामा आवद्ध ४ सदस्यलाई बीमा रकम हस्तान्तरण गरेको छ ।

दोधारा चांदनी नगरपालिका वडा नं. ०३ अन्तर्गत शिवनगर नयाँबस्ती महिला समुहकी ग्राहक सदस्य पुरना देवी दमाईको निधन प्रति शोक ब्यक्त गर्दै मृतकको पति गणेश बहादुर दमाईलाई नगद रु. १ लाख ६२ हजार ५ सय रुपैयाँ प्रदान गरिएको छ । एक कार्यक्रमकाबीच दोधारा चांदनी नगरपालिका वडा नं. ०३ का वडा सदस्यद्वय हर्कमान श्रेष्ठ र लक्ष्मी राना क्षेत्री एवम् शाखा प्रबन्धक जीत नारायण चौधरी मार्फत संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरिएको हो ।

शाखा प्रबन्धक जीत नारायण चौधरीले आफ्ना ग्राहक सदस्यलाई परियोजना अनुसार १० देखि १५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउदै आएको र बचत तर्फ अधिकतम १२.५५ प्रतिशत सम्म ब्याज दिने गरेको बताउनुभयो । यसैगरी दलित, मुक्त कमैया, बादी, हलिया, द्वन्द्व पीडित, एकल महिला, अपाङ तथा जेष्ठ नागरिक सदस्यलाई कर्जाको ब्याजदरमा थप १ प्रतिशत सहुलियत रहेको बताउनुभयो ।

यसका साथै निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा सदस्यता लिएका ग्राहक सदस्यलाई तिरेको ब्याज रकममा १२ प्रतिशत छुट हुने बताउनुभयो । व्यवसायिक रुपमा काम गर्न खोज्ने ग्राहक सदस्यलाई लघुउद्यम कर्जा समेत उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

प्रबन्धक चौधरीले साथै संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित पिछडिएका विपन्न परिवारका महिलाहरूलाई समूहमा आवद्ध गराई विना धितो र बयस्क सदस्यलाई लघुउद्यम कर्जा लगानी गर्ने, ग्राहक सदस्यहरूलाई सुत्केरी स्याहार खर्च, प्राकृतिक प्रकोप आगलागि, बाढी, पहिरो, भुकम्प, हावाहुरी प्रभावित ग्राहक सदस्यहरूलाई आर्थिक अनुदान-राहात, ग्राहक सदस्य, ग्राहक सदस्यका पति छोराछोरीलाई गम्भीर प्रकृतिका रोग लागेमा आर्थिक अनुदान-राहात, सदस्यलाई पाठेघरको शल्यक्रिया गरेको अवस्थामा आर्थिक अनुदान/राहात र ऋणी सदस्य तथा संरक्षक (पति) को मृत्यु हुँदा आर्थिक सहायता उपलब्ध गराई ऋणको अतिभारबाट मुक्त गराउँदै आएको छ ।

साथै संस्थाले सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता, व्यवसायिक साक्षरता र सचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै ग्राहक सदस्यहरूको आर्थिक, शैक्षिक, सामाजिक, बौंद्धिक विकासमा टेवा पुर्‍याउँदै आएको जानकारी दिएका थिए ।

कार्यक्रममा दोधारा चांदनी नगरपालिका वडा नं. ०३ का वडासदस्य हर्कमान श्रेष्ठले समुहमा अनुशासन कायम गर्नुपर्ने र कर्जा सदुपयोग गर्नेबारे प्रष्ट पार्नुका साथै बीमाको महत्व र यसबाट हुने फाइदा बारे जानकारी दिनुभएको थियो । त्यसैगरी निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले समुदायमा बित्तिय क्षेत्रमा पुर्‍याएको योगदान बारे चर्चा गर्नुभएको थियो । स्थानीय समाजसेवी तथा भद्रभलादमीहरुको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण लेखापाल कुमारी पार्वती थापा, शाखाका कर्मचारी तोय नाथ पन्त तथा दिब्यश्वर अवस्थीले गर्नुभएको थियो ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था सामाजिक रुपान्तरणमा तीन दशकदेखि निरन्तर अगाडि बढिरहेको छ । यस शाखाले कञ्चनपुर जिल्लकाो दोधारा चांदनी नगरपालिका को १ देखि १० वटा वडामा गरी करीब तीन हजार सदस्यलाई कर्जा बचत सेवा प्रदान गर्दै आएको छ । हाल संस्थाले देशको ७७ वटै जिल्लालाई कार्यक्षेत्र बनाई १८५ वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिगरेको छ ।