Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु इन्स्योरेन्सको नाफामा वृद्धि, यस्तो छ अन्य सूचक

२०७९ कार्तिक ३० गते

बैंकिङ खबर/ प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचक वृद्धि भएको छ ।

१ अर्ब २८ करोड रुपैयाँ चुक्ता भएको कम्पनीको जगेडा कोषमा २३ करोड ३१ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोष ९४ करोड ९५ लाख रुपैयाँ रहेको छ । गत वर्ष बीमा कोषको आकार ८३ करोड २८ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा बीमा कोषको आकार वृद्धि भएको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा ८ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष ६ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षमो ७ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २४ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले २३ करोड ६५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क सामान्य प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले ५ करोड १७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको दाबी भुक्तानी घटेको छ ।

यस अवधिमा कम्पनीले ४१ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ९९ रुपैयाँ रहेको छ ।