नेपाल टेलिकमको डोल्पाको सदरमुकाम दुनै र हुम्लाको सिमिकोटमा थ्रीजी मोवाइल सेवा विस्तार गरेको छ । टेलिकमले बिहीवार दुनैमा र शुक्रवारबाट सिमिकोटमा थ्रीजी सेवा सञ्चालन गरेको बताएको छ । योसँगै टेलिकमको थ्रिजी सेवा अब नेपालका ७५ वटै जिल्लामा पुगेको छ । विसं २०६४ सालवाट काठमाडौंको रिङरोडभित्र सेवा दिने गरी सञ्चालन भएको थ्रीजी सेवा सञ्चालनको १० वर्षपछि देशैभर विस्तार भएको हो । थ्रीजी सेवावाट भ्वाइसका साथै उच्च गतिमा इण्टरनेट चलाउन मिल्छ ।
