
बैंकिङ खबर/ युनाइटेड इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलको राजीनामा स्वीकृत गरेको छ। कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नबिन सुवेदीलाई दिएको छ। कम्पनीको संचालक समितिको बैठकले कात्तिक २८ गतेदेखि लागू हुने गरी पौडेलेको राजीनामा स्वीकृत गरेको छ।
२०७८ मा चार वर्षको लागि पौडेल सिइओ नियुक्त भएकी थिइन्। उनले १७ महिनामै राजीनामा दिएकी हुन्। करिब डेढ महिनापछि मात्र युनाइटेड इन्स्योरेन्सले पौडेलको राजिना स्वीकृत गरेको हो। निमित्त प्रमुख कार्यकारीको जिम्मेवारी पाएका सुवेदी कम्पनीको महाप्रबन्धक हुन्।


