
बैंकिङ खबर/ नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणकार्य रोक्न परेको रिट ‘हेर्न नभ्याइने’मा राखिएको छ ।
न्यायाधिशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा.मनोजकुमार शर्माको संयुक्त इजलासमा कात्तिक २७ गते यो मुद्दाको पेसी तोकिएको थियो। तर, न्यायधीशद्वयको अर्को पनि इजलास तोकिएकोले आज पनि यो मुद्दामा बहस गर्न नभ्याइने भएको सर्वोच्च अदालतले जनाएको छ। अब अदालतले यो मुद्दाको सुनुवाइका लागि अर्को मिति तोक्नेछ।
यसअघि गत कात्तिक २२ गते न्यायधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा यो मुद्दा तोकिएको थियो। त्यस दिन पनि यो मुद्दालाई हेर्न नभ्याइनेमा राखिएको थियो।


