Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

१५ लघुवित्तको नाफा ६३ करोड ७२ लाख, कुनको कति ?

२०७९ कार्तिक २५ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत लघुवित्तमध्ये १७ वटा लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

१७ मध्ये २ वटा कम्पनी नोक्सानीमा छन् । जसअनुसार १५ वटा कपनीले उक्त अवधिमा ६३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अधिकांश लघुवित्तहरुको नाफा घटेको छ । गत आवको पहिलो त्रैमासको अवधिको तुलनमा ११ वटा कम्पनीको नाफा प्रभावित भएको हो । ४ वटा लघुवित्तले गत आवको सोही अवधिको तुलनामा खुद नाफा बढाएका छन् । नाफा बढाउने कम्पनीमा नेष्डो समृद्धि

लघुवित्त, छिमेक लघुवित्त, फस्र्ट माइक्रो फाइनान्स र उपकार लघुवित्त रहेका छन् । गत आवको सोही अवधिको तुलनामा फस्र्ट माइक्रो फाइनान्सको नाफा ६१.७९ प्रतिशत, छिमेक लघुवित्तको नाफा ५३.७१ प्रतिशत, उपकार लघुवित्तको नाफा ३.८९ प्रतिशत र नेस्डो समृद्धि लघुवित्तको नाफा ११.३० प्रतिशतले बढेको हो ।

सबैभन्दा बढी नाफा छिमेक लघुवित्त वित्तीय संस्थाले कमाएको छ । छिमेकले चालु आवको पहिलो त्रैमासमा ३२ करोड ९१ लाख ८ हजार रूपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा छिमेकले २१ करोड ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

वित्तीय विवरण सार्वजनिक गर्ने १७ लघुवित्त कम्पनीमध्ये ११ वटाको नाफा घटेको छ । एनआइसी एशिया लघुवित्त, सिवाईसी लघुवित्त, महुलि लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, सिभिल लघुवित्त, समिट लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, आधिखोला लघुवित्त, आशा लघुवित्त, आरम्भ चौतारी लघुवित्त र कालिका लघुवित्तको नाफा घटेको हो ।

गत आवको सोही अवधिको तुलनामा एनआईसी एशिया लघुवित्तको नाफा ६८.१८ प्रतिशत, सिवाइसी लघुवित्तको नाफा ४४.७३ प्रतिशत, महुलि लघुवित्तको नाफा ७८.२७ प्रतिशत, ग्लोबल आईएमई लघुवित्तको नाफा ५८.१५ प्रतिशत, सिभिल लघुवित्तको नाफा ४९.४९ प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको नाफा ६९.४६ प्रतिशत, समिट लघुवित्तको नाफा ५२.८१ प्रतिशत, आधिखोला लघुवित्तको नाफा ७८.७१ प्रतिशत, आशा लघुवित्तको नाफा ६३.७५ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको नाफा ५५.०५ प्रतिशत र कालिका लघुवित्तको नाफा ७२.७८ प्रतिशतले घटेको हो ।

ग्रामिण विकास लघुवित्त र गुराँस लघुवित्तले चालु आवको पहलो त्रैमासमा नोक्सानी बेहोरेका छन् । चालु आवको पहिलो त्रैमासमा ग्रामिण विकास लघुवित्त १ करोड १८ लाख ३५ लाख रुपैयाँ नोक्सानीमा छ । गत आवको पहिलो त्रैमासमा लघुवित्तले २ करोड २० लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस्तै, चालु आवको पहिलो त्रैमासको अवधिमा गुराँस लघुवित्त ६० लाख २२ हजार रुपैयाँ नोक्सानमा छ ।