Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

व्याजदर वृद्धिः रोकिएन उद्योगी, व्यवसायीको आन्दोलन

२०७९ कार्तिक २४ गते

बैंकिङ खबर/ बैंकहरुको ब्याजदर बढेसँगै जनकपुरधामका व्यवसायीहरु पनि आन्दोलित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले अघिल्लो दिनमात्रै चुनाव सफल पार्ने भन्दै चुनावसम्म आन्दोलन नगर्ने सार्वजनिक वक्तज्य निकालेको थियो । तर बिहीबार महासंघअन्तर्गतकै जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्वमा बैंक तथा वित्तीय समस्या समाधानका लागि विरोध प्रदर्शन गरेका हुन् ।

महासंघले लोकतान्त्रिक व्यवस्था र खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण भएकाले मातहतका संगठनलाई आन्दोलन स्थगित गर्न भने पनि जनकपुरका व्यवसायीहरुले बिहीबार पनि प्रदर्शन गरेका हुन्। उनीहरुले ब्याजसँगै चालू पुँजी कर्जा नीतिको पनि चर्को विरोध गरेका छन्। ब्याजदर वृद्धिको विरोध गर्दै संघका पदाधिकारीहरु सार्वजनिक रूपमा प्रदर्शनमा उत्रिएका छन् ।

व्यापार व्यवसाय छाडेर व्यवसायीहरु पर्चा÷पम्प्लेट बोकेर जनकपुरधाममा विरोध प्रदर्शन गरेका हुन्। पम्प्लेटमा ‘बैंकिङ आतंक बन्द गर’, ‘ब्याजदरमा स्थिरता कायम गर’, ‘चालू पुँजी निर्देशिका स्थगित गर’, ‘ब्याजदर एक अंकमा कायम गर’, ‘कर्जा ब्याजदर घटाऊ’ लगायतका मागहरु लेखिएको थियो।

Ad