
बैंकिङ खबर/ ब्याजदर वृद्धि विरुद्ध बिर्तामोड उद्योग वाणिज्य संघले आन्दोलन चर्काउने भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं १ को निर्णय कार्यान्वयन गर्नका लागि आन्दोलन सुरु गरेको हो ।
उसले नेपाल राष्ट्र बैकको अव्यावहारिक नीति बिरुद्ध कात्तिक २२ गतेदेखि आन्दोलन शुरु गरेको हो । आन्दोलनको पहिलो दिन २२ गते जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाईएको छ ।
साथै आन्दोलनको दोस्रो दिन कात्तिक २३ गते बैंकहरुसँग कुनै पनि कारोबार नर्गन अनुरोध गर्दै गर्ने र सोहि दिन बिहान १० बजे बिर्तामोडबाट मौन शान्ति जुलुसमा समेत आयोजना गरेको छ ।


