Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

जनरल र सानिमा जनरल इन्स्योरेन्सलाई एकीकृत कारोबारको स्वीकृति

२०७९ कार्तिक २१ गते

बैंकिङ खबर/बीमा समितिले जनरल र सानिमा जनरल इन्स्यारेन्सलाई एकीकृत कारोबारका लागि स्वीकृति दिएको छ । समितिले एक सूचना जारी गर्दै यी दुई कम्पनीहरुलाई एकीकृत कारोबारका लागि स्वीकृति दिएको जनाएको हो ।

बीमा समितिको कानुन तथा नियमन महाशाखाले यी दुई इन्स्योरेन्स कम्पनीलाई एकीकृत कारोबारका लागि स्वीकृति दिएको जनाएको छ । अव यी दुई कम्पनीले सानिमा जीआइसी इन्स्यारेन्स लिमिटेडको नाममा कारोबार गर्नेछन् ।