Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकविरुद्ध उपत्यकाबाहिरका उद्योगी व्यवसायी आन्दोलनमा उत्रिँदै

२०७९ कार्तिक २० गते

बैंकिङ खबर/ मधेश प्रदेशका उद्योगी–व्यवसायीले बैंकको बढ्दो ब्याजदरविरुद्ध विरोध कार्यक्रम गर्ने भएका छन् । रामनगर मिर्चैया उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ गोलबजारलगायत अन्य उद्योगी–व्यवसायी शान्तिपूर्ण विरोधमा उत्रिने भएका हुन्। विरोध जुुलुुश रामनगर मिर्चैया उद्योग वाणिज्य संघ सिरहाबाट र उद्योग वाणिज्य संघ गोलबजारबाट निस्किनेछ। गत शुुत्रबार काठमाडौंमा पनि विभिन्न ५ बुँदे माग राख्दै उद्योगी–व्यवसायीहरुले एक घन्टा मौन विरोध प्रदर्शन पनि गरेका थिए ।