
बैंकिङ खबर/ बैंकहरुले ब्याजदर ह्वातै बढाएपछि यतिबेला देशभरका उद्योगी, व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।
यसैबीच नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं र ललितपुर उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाविरुद्ध गरेको आन्दोलनमा बैंककै सञ्चालक सडकमा उत्रिएका छन् ।
एनआइसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघाई समेत बैंक विरुद्धको आन्दोलनमा सहभागी हुनु भएको छ । संघाई नेपाल उद्योग वाणिज्य महासंघका एशोसिएट उपाध्यक्षसमेत हुनुहुन्छ ।
त्यस्तै, बैंक विरुद्धको उक्त आन्दोलनमा सिटिजन्स बैंकका सञ्चालकसमेत रहेका महासंघका कार्यकारीणी सदस्य प्रवलजंग पाण्डे पनि सहभागि हुनुभएको छ ।
प्रदर्शनमा उत्रिएका उद्योगीव्यसायीले ‘प्रिमियम दर वृद्धि नियन्त्रण गर’, ‘ब्याजदर एकल अंक गर’, ‘ब्याजदरमा स्थिरता कायम गर’, ‘चालु पुँजी कर्जा निर्देशिका स्थगित गर’, ‘बैंकिङ आतंक बन्द गर’लगायतका मागसहितका पम्प्लेट बोकेका थिए ।



