Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

क्यूआर कोडबाट १५ अर्ब २८ लाख रुपैयाँ भुक्तानी

२०७९ कार्तिक ४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंककाअनुसार भदौसम्ममा क्यूआर कोडबाट १५ अर्ब २८ लाख रुपैयाँ भुक्तानी भएको छ । साउनसम्म १४ अर्ब ८१ करोड ७० लाख रुपैयाँको भुक्तानी भएको थियो । एक महिनाको अवधिमा २१ करोड १० लाख रुपैयाँले बढेको छ ।

यस्तै, भदौमा मोबाइल वालेटबाट हुने कारोबार पनि बढेको छ । साउनमा १७ अर्ब ४६ करोड ४० लाख रुपैयाँ मोबाइल वालेटबाट कारोबार भएको थियो । भदौमा १७ करोड १ लाख रुपैयाँले बढेर १७ अर्ब ६३ करोड ५० रुपैयाँको कारोबार भएको थियो ।

यस्तै भदौमा इन्टरनेट बैंकिङबाट हुने भुक्तानी १ अर्ब ५५ करोड १० लाख रुपैयाँले घटेर १२ अर्ब१९ करोड ३० लाख रुपैयाँमा सिमित भएको छ । साउनमा १३ अर्ब ७४ करोड ४० लाख रुपैयाँ इन्टरनेट बैंकिङबाट भुक्तानी भएको थियो ।

यस्तै मोबाइल बैंकिङबाट हुने भुक्तानी पनि साउनको तुलनामा भदौमा घटेको छ । साउनको तुलनामा भदौमा ६ अर्ब ४१ करोड ८० लाख रुपैयाँले घटेको छ । साउनमा १ खर्ब ५२ अर्ब ५५ करोड १० लाख रुपैयाँ भुक्तानी भएकामा भदौमा घटेर १ खर्ब ४६ अर्ब १४ करोड ३० लाख रुपैयाँ भुक्तानी भएको छ ।

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको छ ।