Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तीन महिनामा बैंकहरुले लिए साढे २१ खर्ब तरलता सुविधा

२०७९ कार्तिक ३ गते

बैंकिङ खबर/ वाणिज्य बैंकहरुले कात्तिक २ गतेसम्म २१ खर्ब ४६ अर्ब २७ करोड ८८ लाख रुपैयाँ स्थायी तरलता (एसएलएफ) सुविधा लिएका छन् ।

राष्ट्र बैंककाअनुसार बैंकहरुले साउन १ देखि कात्तिक २ गतेसम्म उक्त रकम अल्पकालीन सापटी लिएका हुन् । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव हुँदा बैंकहरुले राष्ट्र बैंकबाट यस्तो सुविधा लिने गरेका छन् ।

१ हजार २६७ कारोबारबाट बैंकहरुले उक्त रकम एसएलएफ सुविधाबापत लिएको केन्द्रीय बैंकले जनाएको छ । अहिलेसम्म लिएका यस्तो सुविधमध्ये असोज १४ गते एकै दिन बैंकहरुले ७१ अर्ब ४ करोड ७० लाख रुपैयाँ एसएलएफ सुविधा लिएका थिए ।

भदौ १२ गते ६४ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ बैंकहरुले सुविधा लिएका थिए भने साउन २ गते ६१ अर्ब ७४ करोड, भदौ १८ गते ५० अर्ब ४० करोड भदौ २३ गते ५२ अर्ब ७६ करोड १५ लाख रुपैयाँ यस्तो सुविधा लिएका छन् ।

राष्ट्र बैंककाअनुसार असोज ७ गते जम्मा ४ अर्ब ४१ मात्रै बैंकहरुले लिएका छन् । बैंकहरुले नगद व्यवस्थापन गर्न नसकेपछि राष्ट्र बैंकमा सरकारी ऋणपत्र (ट्रेजरी बिल्स) धितोमा राखेर थोरै समयका लागि यस्तो कर्जा लिने गरेका छन् ।

Ad