Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

वाणिज्य बैंकहरुको ब्याज बढ्दा लघुवित्तमा समस्या

२०७९ कार्तिक ३ गते

हरिकृष्ण जोशी
प्रमुख कार्यकारी अधिकृत(सिईओ)
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था

नेपालको बैंक तथा वित्तीय संस्थामा लघुवित्तको सबै भन्दा सस्तो कजार्मा ब्याज देखिन थालेको छ । हालै बैंक तथा वित्तीय संस्थाले प्रकाशित गरेको ब्याजदर हेर्दा लघुवित्तले कर्जामा लिने ब्याजदर सस्तो देखिन आएको हो । प्रायः जसो बैंकहरुको वेश रेट नै डबल डिजीटमा देखिएको र त्यसमा बैंकको प्रकाशित प्रीमीयम जोडेर हेर्दा १५ प्रतिशत माथि जाने तर लघुवित्तको १५ प्रतिशत भन्दा बढि ब्याज लिन नपाइने प्रावधानका कारण यस्तो हुन आएको हो ।

लघुवित्तले बैंक तथा वित्तीय संस्थासँग कर्जा लिई आफ्ना ग्राहकलाई लगानी गर्दै आएका छन् । जब लघुवित्त वित्तीय संस्थाहरुले लिने कर्जाको ब्याजदर नै महंगो परेपछि लघुवित्तहरुको प्रथम त्रैमासको रिपोर्ट सन्तोष जनक नआउने देखिएको छ । एकातिर लघुवित्त वित्तीय संस्थाहरुले लिने कर्जाको ब्याजदरनै महंगो पर्ने तथा अर्कातर्फ ऋणी तथा ब्यवसायीहरुले कर्जा मिनाहा हुन्छ भनि गरिएका आन्दोलनहरुले कर्जाको असुलिमा समेत प्रभाव परेका कारण प्रथम त्रैमासको रिपोर्टमा असर पर्ने नै छ । यहि अवस्था रहने हो भने कात्तिकबाट कर्जाको ब्याजदर पनि बढेको र कर्जा असुलिमा समस्या देखिने हो भने धेरै लघुवित्त वित्तीय संस्थाहरु घाटामा जाने देखिन्छ ।

२०७९ श्रावणको रिपोर्ट हेर्दा बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा ४७ खर्ब प्लस रहेको छ भने विपन्न वर्ग कर्जा भनेर ३ खर्ब प्लस रहेको छ । जसमा लघुवित्तलाई २ खर्ब प्लस मात्र लगानी रहेको छ । लघुवित्तलाई मात्रै दिएको ऋणको औषत हेर्ने हो भने अहिले पनि ५ प्रतिशत पुगेको देखिदैन । बेैक तथा वित्तीय संस्थाहरु आफैँले विपन्न वर्ग कर्जा गरिरहेका छन् । लघुवित्तहरुलाई कमर्सीयल रेटमा कर्जा प्रवाह गरिरहेका छन् जसले गर्दा पनि लघुवित्तहरुको झन् लागत बढेको देखिन्छ ।

विकास बैंक तथा फाईनान्स कम्पनीको १८ भन्दामाथि ब्याजदर प्रकाशन गरेका छन् भने लघुवित्त वित्तीय संस्था भने अधिकतम १५ प्रतिशतमै राख्ने हो भने भोली सर्भाइभ पनि नहुने दिन धेरै टाढा छैन भनेर अनुमान लगाउन सकिन्छ ।