Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमालेख धितोकर्जाको ब्याजदर २०% ले बढ्यो

२०७९ कार्तिक २ गते

बैंकिङ खबर/ बीमा कम्पनीहरुले बीमा लेखधितो कर्जाको ब्याजदर बढाएका छन् । बीमितले बीमा कम्पनीबाट सस्तो व्याजदरमा बीमालेख धितोकर्जा लिएर बैंकमा जम्मा गर्न थालेपछि कम्पनीहरुले ब्याजदर २० प्रतिशत विन्दुले बढाएका हुन् ।

वाणिज्य बैंकहरुले नै मुद्दती निक्षेपमा १४/१५ प्रतिशत ब्याज दिन थालेपछि बीमा कम्पनीहरुले पनि प्रचलित ब्याजदरलाई समायोजन गर्न बढाएका हुन् । जीवन बीमक संघले निर्णय नै गरेर ब्याजदर बढाएको हो ।

संघले यस भन्दा अगाडी बीमालेख धितो कर्जाको व्याजदर १० प्रतिशत तोकेका थियो । पछिल्लो निर्णय पछि ब्याजदरको सिमा १२ प्रतिशत पुर्‍याएका छन् । बीमालेख धितो कर्जाबाट आर्जन हुने ब्याज आम्दानी बीमितकै कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।

यस्तो व्याज आम्दानीलाई बीमा कम्पनीहरुले मुनाफा प्रयोजनका लागि गणना गर्न पाउँदैनन् । यसले गर्दा ब्याजदर बढ्दा ऋणीहरुलाई भार परे पनि बीमितहरुका लागि भने लाभप्रद नै मानिन्छ ।

हाल बीमा कम्पनीहरुले बीमितहरुलाई ६० अर्ब भन्दा माथि बीमालेख धितोकर्जा प्रवाह गरेका छन् । कम्पनीहरुले यस्तो कर्जा प्रवाह गरेर ६ अर्ब भन्दा माथि आर्जन गर्दै आएका छन् ।