Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वाणिज्य बैंकहरुको निक्षेप रु.८ अर्बले बढ्यो

२०७९ आश्विन ३१ गते

बैंकिङ खबर/ असोजको चौथो साता वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ भने कर्जा लगानी स्थिर रहेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप असोजको चौथो साता (असोज २२ गतेदेखि असोज २८ गतेसम्म) ८ अर्ब रुपैयाँले बढेको हो। योसँगै कुल निक्षेप ४५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ।

गत असोज २१ गतेसम्म कुल निक्षेप ४५ अर्ब ११ अर्ब रुपैयाँ रहेको थियो। असोज लागेयता भने वाणिज्य बैंकहरुको निक्षेप ३३ अर्ब रुपैयाँले बढेको छ। गत भदौ मसान्तसम्म कुल निक्षेप ४४ अर्ब ८९ अर्ब रुपैयाँ रहेकोमा असोज २८ गतेसम्म बढेर ४५ अर्ब १९ अर्ब रुपैयाँ पुगेको छ।

यसैगरी पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने स्थिर रहेको छ। गत असोज २१ गतेसम्म कुल कर्जा लगानी ४१ अर्ब ९३ अर्ब रुपैयाँ रहेकोमा असोज २८ गतेसम्म पनि त्यति नै छ। असोज लागेयता भने वाणिज्य बैंकहरुको कर्जा लगानी ३ अर्ब रुपैयाँले मात्रै बढेको छ। असोज २८ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो घटेर ८६.९६ प्रतिशतमा झरेको छ। असोज २१ गतेसम्म सीडी रेसियो ८७.२५ प्रतिशत थियो।