Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्दै प्रभु इन्स्योरेन्स

२०७९ आश्विन २६ गते

बैंकिङ खबर/ प्रभु इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्ने भएको छ । कम्पनीले कार्तिक १७ गतेदेखि १९ गतेसम्म बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्न लागेको हो । उक्त तालिममा सहभागी भई कार्य गर्न ईच्छुकले कार्तिक १४ गतेभित्र आवश्यक कागजातहरु सहित कम्पनीका आवेदन दिन आग्रह गरेको छ ।

इच्छुकले न्युनतम एसएलसी उर्तिण वा सो सरह परीक्षा उर्तिण गरेको हुनुपर्नेछ । निवेदनको साथमा आफुले प्राप्त गरेको न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, पासपोर्ट साइजको फोटो ३ प्रति र तालिम शुल्क २ हजार रुपैयाँ सहित आवेदन पेश गर्नुपर्ने हुन्छ । संस्थागत अभिकर्ताको हकमा पनि तालिम शुल्क दुई हजार लाग्नेछ । उक्त तालिम प्रभु इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय तिनकुने काठमाडौंमा हुनेछ ।