Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सम्झौता विपरितको चर्को प्रिमियम फिर्ता गर्छौंः राष्ट्र बैंक

२०७९ आश्विन १० गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकहरुले ऋणीसँग सम्झौता विपरित असूल गरेका चर्को प्रिमियम फिर्ता गर्ने जनाएको छ । अर्थ मन्त्रालयमा भएको सरोकारवालाहरुसँगको छलफलमा डेपुटी गभर्नर बमबहादुर मिश्रले सो कुरा बताउनुभएको हो । डेपुटी गभर्नर मिश्रले बैंकहरुले ऋणीसँग सम्झौता विपरित असूल गरेको प्रिमियम र अन्य शुल्कहरु फिर्ता गराएरै छाड्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । डेपुटी गभर्नर मिश्रले सम्झौता विपरित लिइएको प्रिमियम फिर्ता गराउने प्रतिवद्धता जनाएपछि बैठकमा उपस्थित उद्योगी र व्यवसायीले ताली बजाएर स्वागत गर्नुभएको थियो ।

ब्याजदरका विषयमा छलफल गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकर, व्यवसायी, राष्ट्र बैंक र मन्त्रालयका प्रतिनिधिहरुलाई बोलाएर साढे ३ घण्टा छलफल गर्नुभएको थियो । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता अभावको समस्यालाई बैंकहरुले अवसको रुपमा लिएको बताउनुभएको थियो । छलफलमा बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायलगायत सरकारी बैंकका सीईओहरु उपस्थित थिए ।
अर्थमन्त्री शर्माले ब्याजदर बढ्न नहुने धारणा राख्नुभयो ।