Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

असोजमा बैंकको ब्याजदर बढ्ने

२०७९ भाद्र ३० गते

बैंकिङ खबर/ गत आर्थिक वर्षको फागुनबाट नबढेको व्याजदर असोजमा भने बढ्ने बढ्ने भएको छ । बिहीबार बसेको बैंकर्स संघको पूर्ण बैठकले यसअघि ब्याजदरमा गर्दै आएको भद्र सहमतिलाई निरन्तरता नदिएको हो ।

बैंकर्स संघको यो निर्णयसँगै अब बैंकहरु ब्याजदर बढाउन स्वतन्त्र भएका छन् । तर, राष्ट्र बैंकको निर्देशनअनुसार अघिल्लो महिनाको भन्दा १० प्रतिशतसम्मले मात्रै ब्याजदर बढान सकिने छ ।

अब व्यक्तिगत निक्षेपको ब्याजदर १२.१३ प्रतिशत पुगेको छ । त्यस्तै संस्थागत मुद्दति निक्षेपको ११.१३ र रेमिट्यान्स मुद्दति निक्षेपमा १३.१३ प्रतिशत ब्याजदर दिन पाउने छन् ।

Ad