Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेशनल लाइफले १५ प्रतिशत बोनस सेयर दिने

२०७९ भाद्र २८ गते

बैंकिङ खबर/ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब तीन करोड ५१ लाख रुपैयाँ छ । यस पूँजीको १५ प्रतिशत अर्थात ६० करोड ५२ लाख रुपैयाँको बोनस शेयर वितरण गर्ने भएको हो । कम्पनीले उक्त बोनस शेयर वितरणका लागि कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित बोनस शेयर पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड चार लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले एनएफआरएस प्रणाली अनुसार तयार पारेको वित्तीय प्रतिवेदनमान स्विकृतिका लागि बीमा समितिमा पेश गर्ने भएको छ । बीमा समितिले पछिल्लो समय कायम गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउन कम्पनीले ३५ करोड ९५ लाख रुपैयाँ आवस्यक पर्नेछ ।