Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सरकारको होसियारीले अर्थतन्त्र लयमाः अर्थमन्त्री

२०७९ भाद्र १८ गते

बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको दाबी गर्नुभयो ।

मन्त्री शर्माले चाडबाड सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको उहाँको भनाइ छ । उहाँले देशमा विप्रेषण बढेसँगै विदेशी मुद्रा सञ्चिति बढ्दै जाने र अर्थतन्त्र सबल हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने र चालू आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको पनि उहाँले जानकारी दिनुभयो ।